• २०८१ बैशाख १६ आइतबार

राशिद खानले दिए बिग बास लिग नखेल्ने चेतावनी

kharibot

काठमाडौँ । अफगानिस्तानका चर्चित क्रिकेटर राशिद खानले अस्ट्रेलियाको बिग बाश लिग नखेल्ने चेतावनी दिएका छन् ।

अस्ट्रेलियाले युएईमा हुने अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज नखेल्ने घोषणा गरेसँगै राशिदले अस्ट्रेलियाको निर्णयको आलोचना गर्दै आफुले अस्ट्रेलियामा बिग बाश लिग खेल्ने विषयमा पनि सोच्ने बताएका हुन् ।

राशिदले अस्ट्रेलियाको निर्णयले अफगानिस्तानको क्रिकेटलाई पछाडी धकेलेको उल्लेख गर्दै भनेका छन्- 'अस्ट्रेलिया क्रिकेट बोर्डको यो निर्णयले हाम्रो क्रिकेट यात्रालाई पछाडी धकेलेको छ । यदि अफगानिस्तानविरुद्ध खेल अस्ट्रेलियालाई त्यति असहज नै लाग्छ भने मैले पनि बिग बाश लिगका लागि कसैलाई असहज बनाउदिन । त्यसैले मैले सो प्रतियोगितामा खेल्ने बारे बिचार गर्ने छु ।'

क्रिकेट अस्ट्रेलियाले विहिबार तालिबानले अफगानिस्तानमा महिलाहरुलाई कडा प्रतिबन्ध लगाएको कारण देखाउदै अफगानिस्तानविरुद्ध खेल्ने तय भएको एक दिवसीय सिरिज नखेल्ने घोषणा गरेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै