• २०८१ बैशाख १५ शनिबार

बङ्गलादेशकी प्रधानमन्त्री हसिनालाई मधुमेह विरुद्धको विश्वदूतद्वारा सम्मानित

kharibot

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ ।

परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक  एवं प्रशंसापत्र हस्तान्तरण गरेका राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ । हसिनालाई लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उनले खेल्नु भएको भूमिकाको  कदर गर्दै मधुमेहका लागि ग्लोबल एम्बेसडरको उपाधि प्रदान गरिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै