• २०८१ बैशाख १६ आइतबार

निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री लामिछानेले

kharibot

काठमाडौँ । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन्।

भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए ।

निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ । लामिछानेले जाेसुकैकाे सम्लग्नता भए पनि दाेषीलाई कारवाही गरेरै छाड्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै