• २०८१ बैशाख १४ शुक्रबार

जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि निर्माणकर्मीहरुलाई प्राविधिक जानकारी

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले यसै आर्थिक वर्षमा ’आऔ सबै मिलि देश बनाऔ’ नाराका साथ सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति यही चैत्र २३ गते शुक्रबार बालाजु क्षेत्रमा निर्माणकर्मीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्न कम्पनीले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल स्मिथको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स (भिआरएम) जडान गरी उत्पादन क्षमतालाई एकातर्फ बिस्तार गरेको छ भने अर्कोतर्फ दक्ष जन शक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा ब्यवसायिक ज्ञान दिदै देशब्यापी यस्ता बिशेष भेटघात कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा १६० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थिती रहेको थियो भने यस्ता कार्यक्रमहरु देशब्यापी रुपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै