• २०८१ बैशाख १६ आइतबार

जगदम्बा सिमेन्टद्धारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले जगदम्बा योगदान अन्तर्गत शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको छ ।

जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका चिफ फाइनान्स एण्ड पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका छन् । 

त्यस्तै कार्यक्रममा कम्पनीका बरिष्ट व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले  आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

जगदम्बा सिमेन्टले यसअघि सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जनाभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो ।

नेपालको सर्वाधिक रुचाइएको व्राण्ड जगदम्बा सिमेन्टले नेपालमा पिएससि, पिपिसि र ओपिसि सिमेन्टहरु उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ । जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्धारा लेटर अफ एप्रिसियसनबाट २०१४, २०१५, २०१९ मा गुणस्तरका लागि सम्मानित उद्योग पनि हो । 

आफूलाई सिमेन्टको बिक्री वितरणमा मात्र सिमित नराखी जगदम्बा सिमेन्टले विभिन्न उपभोक्ता मुखी संस्थागत सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । जस अन्तर्गत जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष , जगदम्बा जागरण, जगदम्बा आरोहण रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै