• २०८१ बैशाख १५ शनिबार

कसरी भयो मन्त्रीको भागबण्डा, को को बन्दैछन् मन्त्री ?

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन् ।  सोमबार राति सकिएको सत्ता साझेदार दलहरुको बैठकले एमालेलाई ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरि सहमति भएको हो ।

भागबण्डा अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको छ ।

एमालेले मन्त्रीको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ भने दुईपटक निर्वाचित भएर पनि मन्त्री नबनेकालाई एमालेले प्राथमिकतामा राखेको बुझिएको छ ।

एमालेबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै माओवादीबाट शक्ति बस्नेत, सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदी मन्त्री बन्न सक्ने बुझिएको छ ।

त्यसैगरी रास्वपाले शिशिर खनाललाई शिक्षा र डीपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरेको छ । 

त्यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने लगभग निश्चित रहेको छ भने शहरी विकासमन्त्री ध्रुवबहादुर प्रधान बन्न सक्ने बताइएको छ ।

त्यस्तै दीपक सिंह लगायतको नाम पनि मन्त्री बन्ने सूचीमा रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय