• २०८१ बैशाख २१ शुक्रबार

सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह

kharibot

काठमाडौँ । नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ । 

आइतबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कम्जोर पार्ने काम नगर्न आग्रह गरेको हो ।

एमालेले आफुसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता समिकरण निर्माण भएकोप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

साथै एमालेले सत्तारुढ ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत प्रमुख समस्याहरूलाई समाधान गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै