• २०८१ बैशाख ७ शुक्रबार

स्पाइक बन्यो विश्वको सबैभन्दा बढी उमेरको जीवित कुकुर

kharibot

काठमाडौँ । २३ बर्षको अमेरिकन कुकुर स्पाइकले विश्वको सबैभन्दा बढी उमेरको कुकुरको रेकर्ड बनाएको छ ।

क्यामडेन, ओहिओको यस कुकुरलाई गिनिज वोर्ल्ड रेकर्डले स्पाइकलाई जीवित सबैभन्दा बढी उमेरको कुकुर भएको प्रमाणित गरेको हो ।

स्पाइक १९९९ को नोभेम्बरमा जन्मिएको थियो । स्पाइकलाई रिता किमबल्लले १४ बर्षअघि २००९ मा एक ग्रोसरी स्टोर अगाडी भेटाएकी थिइन् ।

स्पाइक अघि गिनो वोल्फ़ नामक लस एन्जल्सको कुकुर २२ बर्ष ५२ दिनको विश्वको सबैभन्दा बढी जीवित कुकुर रहेको थियो ।

गिनिज वर्ल्ड रेकर्डका अनुसार अहिलेसम्म लामो समयसम्म जीवित रहेको कुकुर अस्ट्रेलियाको ब्लुय रहेको छ । सो कुकुर २९ बर्ष ५ दिन बाँचेर १९३९ मा मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै