• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानमा विद्युत आपूर्ति सुचारु

kharibot

काठमाडौँ । पाकिस्तानको बिजुली संकट समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडहरू पुनःस्थापित गरिएको छ ।

यसअघि साँझदेखि नै देशभर विभिन्न चरणमा विद्युत सेवा सुचारु हुँदै आएको थियो ।

पाकिस्तानमा सोमबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी विहान ७: ३४ मा घटेर विद्युत प्रणालीमा व्यापक क्षति पुगेको थियो ।

विद्युत संकटले करिब ४० हजार मोबाइल टावर प्रभावित भएको बताइएको छ ।

सामाजिक सञ्जालमा इस्लामावादलगायत धेरै क्षेत्रमा मानिसहरूले मोबाइल सिग्नल कमजोर भएको गुनासो गरिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय