• २०८१ बैशाख १६ आइतबार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरिक्षण भ्रमण

kharibot

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । 

निरीक्षण भ्रमणको दौरान उनीहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरुङ्ग मार्गको इनलेट, लेनडाँडा सुरुङ्ग मार्गको आउटलेट तथा उक्त आयोजना अन्तर्गत निर्माणाधिन सडक तथा पुलहरुको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेका थिए । साथै, उनले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गर्दै उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्‍न गर्न निर्देशन समेत दिएका थिए ।

भ्रमणदलमा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सह-सचिव बाबुराम अधिकारी लगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरुको सहभागिता रहेको  थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै