• २०८१ बैशाख १५ शनिबार

बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजति गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा खेलको ५२औं मिनेटमा ओसमान डेम्बेलेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ४०औं मिनेटमा ब्राइस मेनडेजले रातो कार्ड पाउदा रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा ओसासुनाले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेर कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ ।

ओसासुनाका लागि एजक्वेल अभिला र अबडे एज्जलजोउलीले एक एक गोल गरेका थिए भने सेभियाका लागि योसेफ नेसयरीले एक गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले १-१ गोल गरेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । खेलको ९९औं मिनेटमा ओसासुनाले गोल गर्दै खेल जितेको थियो ।

अब आजराती भलेन्सिया र एथलेटिक बिल्बाओ तथा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको खेलपछि कोपा डेल रे को सेमिफाइनलको समीकरण पुरा हुने छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै