काठमाडौं । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
लामिछाने पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले लामिछाने सांसद हुन योग्य नभएको भन्दै उनको सांसद पद खारेज गरेको छ । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्चले सांसदको उम्मेदवार हुन अयोग्य भएको आदेश दिएको छ ।