• २०८१ बैशाख १५ शनिबार

रास्वपाका संगठन विस्तारका कार्यक्रम स्थगित

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संगठन विस्तारका कार्यक्रम स्थगित गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै  सातै प्रदेशमा तय गरिएका  प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को  सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले माघ १४ गतेदेखि सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको थियो । तर पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि पार्टीले आफ्ना संगठानिक गतिबिधिलाई स्थगित गरेको छ ।

साथै महामन्त्री ढकालले पार्टीका लागि चुनौतिको अहिलेको घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन अपिल पनि गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै