• २०८१ बैशाख १४ शुक्रबार

 इरानले ५० जनाभन्दा बढीलाई मृत्युदण्ड दियो- इरान मानव अधिकार समूह

kharibot

तेहरान । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार(आइएचआर) समूले भनेको छ ।

मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ । यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवामध्ये सबैभन्दा कान्छो एक १८ वर्षीयलाई हिरासतमा चरम यातना दिइएको थियो । 

आईएचआरले यो वर्षको पहिलो २६ दिनमा कम्तीमा ५५ वटा मृत्युदण्डको पुष्टि गरेको बताएको छ ।

प्रदर्शनसँग सम्बन्धित आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ, जबकि फाँसी दिइएका ३७ जना दोषीलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि दोषि ठहर गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै