• २०८१ बैशाख २० बिहीबार

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

kharibot

काठमाडौँ । स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् ।

आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन् ।

इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबि गरिएको थियो । तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ ।  

यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै