• २०८१ बैशाख २० बिहीबार

फिन्चद्वारा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास

kharibot

काठमाडौँ । अस्ट्रेलियाका टी–२० कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

फिन्चले गत वर्ष एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । अहिले उनले टी–२० बाट पनि सन्यास लिएका छन् । फिन्च अस्ट्रेलियाको २०२१ को टी-२० विश्वकप विजेता टोलीको हिस्सा थिए । फिन्च अष्ट्रेलियाका लागि टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

टी-२० क्रिकेटको इतिहासमा अष्ट्रेलियाका सबैभन्दा सफल कप्तान, फिन्चले बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सबाट खेल्न जारी राख्नेछन् । कप्तानको रूपमा फिन्चका लागि सन् २०२२ राम्रो रहेन । आयोजक अष्ट्रेलिया टी–२० विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको छ । जसका कारण उनको कप्तानी पनि विवादमा परेको थियो ।

सन्यासका लागि जारी गरेको वक्तव्यमा फिन्चले २०२४ को टी–२० विश्वकप खेल्न नसक्ने भएका कारण टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । 

फिन्चले टी–२० क्रिकेटमार्फत कीर्तिमान बनाएका थिए । फिन्च अष्ट्रेलियाको सबैभन्दा लामो समय सेवा गर्ने कप्तान बने । उनलाई २०१३ मा टी–२० कप्तानी दिइएको थियो । फिन्चले ७६ खेलमा अष्ट्रेलियाको कप्तानी गरेका थिए । फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको रूपमा सबैभन्दा धेरै खेल खेलेका छन् । फिन्च अष्ट्रेलियाका लागि ३१२० रनसहित टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

फिन्चले सन् २०११ मा अष्ट्रेलियाका लागि इङ्ल्यान्डविरुद्धको एकदिवसीय खेलबाट डेब्यु गरेका थिए । फिन्चले कुल १४६ ओडीआई खेलेर ५४०६ रन बनाएका छन् । टी-२० मा उनले १०३ खेल खेलेर ३१२० रन बनाए । फिन्चको ब्याटले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १९ शतक बनाएको छ । फिन्चले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल ३१ अक्टोबर २०२२ मा आयरल्याण्ड विरुद्ध खेले । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै