• २०८१ बैशाख २१ शुक्रबार

संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको छ- नेता पौडेल

kharibot

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् । 

बुधवार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताउनुभएको हो ।

नेता पौडेलले संसदमा झुटो बोल्नुहुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले संसदमा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए । 

सांसद पौडेलले भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छटयाउन गाह्रो भइरहेको छ । कुनै तथ्यमा आधारित भएर बोल्नुपर्दैन । सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन । यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ ।’

नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै