• २०८१ बैशाख २० बिहीबार

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल ६५ रन बनाएर आउट

kharibot

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपालले अहिलेसम्म दोस्रो विकेट गुमाएको छ ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल ६५ रन बनाएर आउट भएका छन् । उनले आसिफ सेखसँग दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

यस अघि कुशल भुर्तेल १ रन बनाएर आउट भएका थिए ।

अहिले आसिफ सेख ७८ रन बनाएर खेलिरहेका छन् भने कुशल मल्ल २ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २९ ओभरमा २ विकेट गुमाउदै १६० रन बनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै