• २०८१ बैशाख २१ शुक्रबार

चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइयो, स्वास्थ्यमा सुधार हुदै

kharibot

काठमाडौँ । भारतको मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।

सांसद डा. भण्डारीको गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

मुम्बईमै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार हाल भण्डारीका सबै अंगले सामान्य रुपमा काम गरिरहेका छन् । त्यस्तै भण्डारीलाई अहिले भेन्टिलेटरबाट हटाइएको कँडेलले जानकारी दिएका छन् । उनले अहिले रिजरभायर व्याग मास्क वाट १५ लिटर अक्सीजन दिइएको र अहिले पनि ट्रयालमै राखिएको उल्लेख गर्दै डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिने जानकारी दिएका छन् ।

साथै कँडेलले सांसद भण्डारीको सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको र कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको उल्लेख गरेका छन् । 

सांसद भण्डारीको स्वास्थ्य अपडेट दिदै कँडेलले भनेका छन्- 'फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको डाक्टरवाट जानकारी प्राप्त भएको छ । कल्चर रिपोर्ट आजै साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थप घट हुने जानकारी दिनुभयो ।'

फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

भण्डारीलाई फागुन ४ गते बिहीबार श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै