• २०८१ बैशाख १९ बुधबार

नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल आउट

kharibot

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

२१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । नेपालले आफ्ना दुवै ओपनरलाई गुमाएपछि ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । २१ रन बनाएर खेलिरहेका मल्ललाई स्कटल्याण्डका बलर मार्क वाटले आउट गरेका हुन् ।

यस अघि कुशल भुर्तेल १ रन र आसिफ सेख १२ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३४ रन बनाएर ३ विकेट गुमाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै