• २०८१ बैशाख १९ बुधबार

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल आउट

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनी (पिएनजी) सँगको त्रिकोणीय सिरिजमा आज पहिलो खेल खेलिरहेको छ ।

नेपालले अहिले पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट भएका छन् । यस अघि आसिफ सेख ४४ रन बनाएर आउट भएका थिए । 

अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १७ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै