• २०८१ बैशाख १९ बुधबार

वीरगञ्जमा सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउन सुरु

kharibot

पर्सा  । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ  ।

महानगरपालिकालले  वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको हो ।

माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई  खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि  स्थानीयवासीले विरोध गरेका छन्  । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै