मान्छेले पौडिँदै गरेको किनारामा अजंगको माछा आएपछि...

खरीबोट

तस्बिर : Caters News Agency/Mirror UK

ad

उत्तर अमेरिका । मेक्सिकोको एउटा चर्चित सामुद्री किनारामा मानिसहरु पौडेकै ठाउँमा विशाल ह्वेल शार्क माछा आएको भिडियो अहिले अनलाइनहरुमा चर्चित बनिरहेको छ ।

विश्वकै विशाल माछा मानिने ह्वेल शार्क समुद्रको पिँधबाट माथि आउने क्रममा मानिसहरु पौडिरहेकै ठाउँमा देखिएको छ । 

उक्त भिडियो र तस्बिरचाहिँ ड्रोनद्वारा खिचिएको जनाइएको छ । मेक्सिकोको बाजा क्यालिफोर्निया सरको किनारामा यो भिडियो खिचिएको हो । मानिसहरु यो स्थानमा पौडिन आउने गरेका छन् ।

 एरियल सिनेम्याटोग्राफर टार्सिसियो सानुदो सुआरेजका अनुसार यो एकदमै विशेष क्षण थियो । एकाएक विशाल माछा निस्किएपछि उनी चकित भएका थिए । उनी त्यतिबेला डुंगामा  रहेका थिए । 

ह्वेल शार्कहरुले मानिसलाई कुनै नोक्सानी नपुर्याउने उनीहरुको भनाइ छ । यो प्रजातिका माछा विश्वकै ठूला माछा हुन् । यी माछाहरु १२.५ मिटर लामा र ७९ हजार पाउण्ड तौलसम्मका हुन्छन् भने यिनीहरुको आयु ७० वर्षको हुन्छ । 

  • मिरर युकेबाट ।

सम्बन्धित समाचार

२०२५ सम्ममा मान्छेले भन्दा धेरै काम मेसिनले गर्ने ! 

युरोप । विश्व आर्थिक मञ्च (डब्लुईएफ)ले सोमबार जारी गरेको एक अध्ययनले आगामी सन् २०२५ सम्ममा विश्वमा मान्छेले भन्दा धेरै काम मेसिनले गर्ने तथ्य निकालेको छ । कामहरुमा बढ्दो मेसिनरी प्रयोगकै

मान्छेमा लाग्ने ६० भन्दा बढी रोगहरु पशुबाट सर्छन् !

काठमाडौं  । मेरुदण्ड भएका पशु र मानवबीच प्राकृतिक रुपमा सर्न सक्ने रोगहरु र संक्रमणलाई जुनेटिक रोग भनिन्छ ।  पशुबाट मानवमा सर्ने रोगहरु नै जुनेटिक रोग हुन् ।   मान्छेमा लाग्ने ६० भन्दा

प्लेनबाट तालमा माछा ! (भिडियोसहित) 

अमेरिका । वन्यजन्तु संरक्षकहरुले अमेरिकाको उताह राज्यमा रहेको एउटा तालमा माछा राख्न एरोप्लेन प्रयोग गरेका छन् । प्लेनको पिँधबाट पानीसहितको माछा तालमा खसाएको एउटा भिडियो समेत अधिकारीहरुले सार्वजनिक गरेका छन्

बाख्राले मान्छेको भावभङ्गिमा बुझ्न सक्ने  

काठमाडौ । पछिल्लो समय सार्वजनिक भएको एक शोधले मानिसलाई पढ्ने क्षमता कुकुर र घोडामा मात्र नभएर बाख्रामा पनि हुने जनाएको छ । एक अध्ययनको अनुसार बाख्राले पनि मान्छेको भावभङ्गिमा बुझ्न सक्छ ।  बाख्राले