• २०८१ बैशाख १७ सोमबार

स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियोपसलमा रिलिज

kharibot

काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ नेपालको ओटीटी प्लेटफर्म भिडियोपसलमा रिलिज भएको छ । तर, तत्कालका लागि यो फिल्मलाई नेपालबाहिर मात्र सःशुल्क रुपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । विदेशमा बस्ने नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै फिल्म सार्वजनिक गरिएको छ ।

वेव ब्राउजरमा लगइन गरेर वा सबैखाले स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी २.९९ डलरदेखि ५.९९ डलरसम्मको प्याकेज लिएर फिल्म हेर्न मिल्ने जनाइएको छ । विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डमार्फत् पैसा तिर्न सकिने सञ्चालक कार्कीको भनाई छ । भिडियोपसलमा यसअघि ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भइसकेका छन् ।

दीपेन्द्र के खनालद्वारा निर्देशित ‘चिसो मान्छे’ समीक्षात्मक रुपमा रुचाइएको थियो । फिल्ममा स्वस्तिमाले सुदूरपश्चिमकी युवावयकी महिलाको भूमिकामा अभिनय गरेकी छन् । कोरोना कहरको समयमा विदेशबाट आएको शव लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्राको कथामा फिल्म केन्द्रित छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा अर्पण थापा र देशभक्त खनालको पनि अभिनय छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै