टेलिकमले ल्यायो ‘ह्याप्पी सोसल मिडिया प्याक’ र ‘विद्यार्थी अफर’

खरीबोट
ad

काठमाडौँ । नेपाल टेलिकमले बैशाख ३ गतेदेखि उपभोक्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । आमको मुख हेर्ने औसी र एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै टेलिकमले नयाँ अफर लिएर आएको जानकारी दिएको छ ।

ह्याप्पी सोसल मिडिया प्याक

बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड-पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।  उक्त अफर २०७५ बैशाख ३ गते देखि बैशाख १८ गते सम्म लिन सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुने र सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने साथै सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 
ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु पर्ने टेलिकमले बताएको छ । 

विद्यार्थी अफर

कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर पनि बैशाख ३ गते देखि उपलब्ध हुनेछ । 
विद्यार्थीहरुलाई रु. ५०।– टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने भएको छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ । 

विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । 

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । 
अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ । 

आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । 

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । 

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । 
नेपाल टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम-सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको टेलिकमले जानकारी दिएको छ ।  

विभिन्न प्याकेज खरिद गर्न तथा जानकारी लिनका लागि *१४१५# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ ।
 

सम्बन्धित समाचार

स्मार्ट टेलिकमले संविधान दिवस यसरी मनायो 

काठमाडौं। संघीय गणतन्त्रात्मक नेपालको नयाँ संविधानले तीनवर्षको गौरवमय सफलता प्राप्त गरिसकेको छ । वि.सं. २०७२ सालमा नेपालीहरुद्वारा नेपालीहरुका लागि लेखिएको नयाँ संविधानले आम नेपालीहरुका भावना एवं मर्महरुलाई आत्मसाथ गर्दै आएको छ

स्मार्ट टेलिकमद्वारा सिमकार्ड खरिदमा थप सुविधा 

काठमाडौं  । नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टले सिमकार्डको खरिदमा थप रु. ४० प्रदान गरेको छ । स्मार्टको सिमकार्ड खरिदमा प्राप्त हुने विद्यमान सुविधाको साथथप रकम प्राप्त गर्न सकिने छ

टेलिकमको मोबाइलमा समस्या, देशभरका ग्राहक प्रभावित 

काठमाडौं। नेपाल टेलिकमलको देशभरका मोबाइल फोनमा मंगलबार बिहानैदेखि समस्या अाएको छ । यसले गर्दा लाखौँ ग्राहक प्रभावित भएका छन् ।  टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर

बारा र पर्सामा महिना दिनदेखि नेपाल टेलिकमको नेटवर्कले काम गरेन 

बारा । नेपाल टेलिकमअन्तर्गत जी.एस.एम.का प्रिपेड र पोष्टपेडको नेटवर्कमा समस्या आएपछि बारा र पर्साका सेवाग्राहीहरु मर्कामा परेका छन् ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकाका जनताहरु नेपाल टेलिकमअन्तर्गत जी.एस.एम.का प्रिपेड