• २०८१ बैशाख १५ शनिबार

सिन्धुलीको सुनकोसीस्थित टेलिकम टावरमा बम विस्फोट

kharibot

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका- १ दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट भएको छ । 

विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए । 

सिन्धुली प्रहरीका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर बम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले फेला पारेको छ । 

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै