• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेका छन्- नेता पौडेल 

kharibot

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । 

बिहीवार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए । उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताए । वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे । 

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनि सचेत गराएको बताए । अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दाहरुमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताएका उनले उल्लेख गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै