• २०८१ बैशाख १६ आइतबार

बलिवुड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ ।

अभिनेत्री सेनले हालै आफूलाई हृदयघात भएको खुलासा गरेकी हुन् । उनले हृदयघात भएपछि एन्जियोप्लास्टी गर्नुपरेको बताएकी छन् । 

सुस्मिताले सामाजिक सञ्जाल पोस्ट मार्फत आफ्नो हेल्थ अपडेट दिदै लेखेकी छिन्, ‘आफ्नो मनलाई सधैं खुसी र बलियो राख्नुहोस किनकि तपाईलाई सबैभन्दा बढी आवश्यक पर्दा त्यो तपाईको साथमा रहनेछ । केही दिन अघि मलाई हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरियो र स्टेन्ट राखिएको छ । मेरो मुटु निकै बलियो भएको मेरो डाक्टरले बताएका छन् । समयमै सहयोग गर्नुहुने र आवश्यक कदम चाल्नुहुने सबैलाई हृदयदेखि धन्यवाद ।'

४७ बर्षिय अभिनेत्री  सुस्मिता नियमित योगा र व्यायाम गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्ने कारण पनि चर्चामा आउने गर्दछिन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै