• २०८१ बैशाख १५ शनिबार

एल क्लासिकोमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । कोपा डेल रे अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ ।

गएराती सम्पन्न कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा खेलको २६औं मिनेटमा रियलका एडर मिलिताओले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाले सेमिफाइनलको पहिलो लिगमा १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

सेमिफाइनल अन्तर्गत नै भएको अर्को खेलमा ओसासुनाले एथलेटिक बिल्बाओलाई १-० लो पराजित गर्दै पहिलो लिगमा अग्रता हासिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै