• २०८१ बैशाख २३ आइतबार

हिमालयन शेर्पाले मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्यो

kharibot

काठमाडौं । शहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार सम्पन्न तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन् ।

१-० गोलले पछि परेको हिमालयन शेर्पाले खेलको अन्त्य तिर पुनरागमन गर्दै मनाङलाई बराबरीमा रोकेको हो । हिमालयन शेर्पाका सुरेस कुमालले खेलको ८५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यसअघि मनाङका लागि खेलको १४औं मिनेटमा रोशन राना मगरले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै शनिबारनै भएका खेलमा विभागीय टोली एपीएफ क्लब र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेका छन्  । थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो भने अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै