• २०८१ बैशाख १७ सोमबार

हारसँगै खुमलटार रेलिगेसनमा

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेडसँग पराजित भएपछि खुमलटार क्लब रेलिगेसनमा परेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्च ब्वाइजले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

चर्च ब्वाइजले यसअघि नै ए डिभिजन लिगको उपाधि जितेको छ । यो जितपछि चर्च ब्वाइजले २६ खेलमा ४८ अंकसहित लिग जितेर यो सिजनको समाप्त गरेको छ ।

त्यस्तै खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटारको २६ खेलमा ८ जित ३ बराबरी र १५ हारसहित २७ अंक रहेको छ र लिगमा पुछारमा रहदै रेलिगेसनमा परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै