एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुटको बहार

खरीबोट
ad

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको घोषणा गरेको छ ।

बैंकले ल्याएको अफर अनुसार आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा-वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ । 

२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । 

बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू १५६ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०९ अर्ब र कुल निक्षेप करिब रू १३४ अर्ब पुगिसकेको छ । 

साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा

पोखरा। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा

एनआईसी एशिया बैंकको ३ नयाँ शाखाको शुभारम्भ 

काठमाडौँ। एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ।   बैंकले धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर

एनआईसी एशिया बैंकको प्रभु लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमाप्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु