• २०८१ बैशाख १५ शनिबार

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग

kharibot

काठमाडौँ । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले तपाईंको खोजी रिरहेको छ ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ । 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

बैंकले  २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ ।

कर्मचारी मागको सूचना यस लिंकमा हेर्न सकिन्छ :

www.nicasiabank.com/current-vacancies

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै