• २०८१ बैशाख २१ शुक्रबार

आयुर्वेद शिक्षण अस्पतालका विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति

kharibot

काठमाडौं । आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस २२ औं ब्याचका विद्यार्थी र क्याम्पसबीच सहमति भएको छ । १८ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनबीच आज (आईतवार) ६ महिना आयुर्वेद चिकित्सालय नरदेवी र ६ महिना आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसिप गर्ने सहमति भएको हो । 

क्याम्पसको तेस्रो अस्थायी परीक्षा नतिजा प्रकाशन भएसँगै इन्टर्नसिप गर्ने भनिएपनि क्याम्पस र चिकित्सालयको सम्झौताका कारण इन्टर्नसिप हुन सकेको थिएन । यसअघि पनि क्याम्पस र नरदेवीमा आधा÷आधा समय विद्यार्थीहरुको इन्टर्नसिप हुँदै आएकोमा विगत केही समय यता रोकिएको थियो । 

विद्यार्थीहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विगत ८ दिनदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए । तर आज क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच ६÷६ महिना दुवै शिक्षण संस्थामा प्राक्टिल गर्न पाउने समझादारी भएको हो । 

समझदारीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयुुर्वेद इन्टर्न डा. सुनिल भुसालले १८ दिनसम्म धर्नामा बसिसक्दासमेत क्याम्पसले चासो नदेखाएको आरोप लगाए । उनले  शिक्षा आयोगले तोकेको न्युनतम कार्यक्षेत्र पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डाक्टर भनेर लाइसेन दिने अवस्था देखिएपछि त्यसको बिरोधमा आफूहरु उत्रिएको स्पष्ट पारे । 

उनले एउटा ओपिडीमा एक महिनामा एक जना बिरामी हेरेर आफूहरुलाई दक्ष चिकित्सक घोषणा गरेको आरोप लगाउँदै त्यो अस्वीकार गरेर आन्दोलन गर्न बाध्य भएको बताए । इन्टर्नसिपमा परीक्षार्थीहरुलाई सुनको लड्डु देखाएर क्याम्पसले पित्तलमा ठगेको उनको आरोप छ । 

त्यस्तै नेपाल लोकतान्त्रिक आयुर्वेद शिक्षण संघका अध्यक्ष डा. वंशदीप शर्मा खरेलले कुनैपनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैलेपनि रोक्नु नहुने बताए । उनले आजको छलफलमा विद्यार्थीहरु र क्याम्पसबीच विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने र शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने सहमति भएको बताए । 

त्यस्तै नेपाल आयुर्वेद चिकित्सक संघका निःवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले विद्यार्थीहरुको चाहनालाई क्याम्पसले आजबाट समझदारी गरेको तर त्यसलाई कार्यान्यन हुनुपर्ने बताए । उनले सकेसम्म एउटै क्याम्पसबाट विद्यार्थीहरुलाई इनटर्नसिप गराउने व्यवस्था मिलाउनुपर्ने बताए । 

त्यस्तै नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. सन्तोषकुमार ठाकुरले आयुर्वेदका विद्यार्थीहरुका लागि परिषद्ले करिकुलम अनुसारको स्किलको व्यवस्था इन्टर्नसिपमा नै हुनेगरी व्यवस्था अघि बढाउन लागेको बताए । उनले स्किल टेस्टिङको विकास भएको छ वा छैन भन्नेकुरा पाठ्यक्रमकै एउटा पार्ट बनाएर हेर्नेगरी काम गरिरहेको बताए । 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरले विद्यार्थीहरुका माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका थिए । उनीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितता नगरेको, विद्यार्थी एवं संस्थाको स्तरोन्नतिको प्राथमकितामा नराखेको र विद्यार्थीहरुलाई हतोत्साहीत गरेको आरोप लगाउँदै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै