• २०८१ बैशाख १५ शनिबार

सुटिङका ​​क्रममा दुर्घटनामा परे अमिताभ बच्चन

kharibot

काठमाडौँ । बलिवुडका मेगास्टार अमिताभ बच्चन एक फिल्मको सुटिङका ​​क्रममा गम्भीर घाइते भएका छन् । अमिताभ फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन सिक्वेन्स सुटिङ गरिरहेका बेला हैदरावादमा यो घटना भएको हो ।

दुर्घटनापछि फिल्मको सुटिङ रोकिएको थियो । हैदरावादमा उपचार गराएपछि अभिनेता मुम्बईस्थित आफ्नो घर फर्किएका छन् । त्यसपछि फिल्मको सुटिङ तत्कालका लागि रोकिएको छ । उनले आफ्नो ब्लगमा आफ्ना फ्यानहरूसँग यो जानकारी साझा गरेका छन् ।

८० बर्षिय अमिताभले ब्लगमा लेखेका छन्- 'उनी शरीरमा गहिरो दुखाइबाट पीडित छन् र डाक्टरको सल्लाह अनुसार आराम गरिरहेका छन् ।'

यो घटना अमिताभ बच्चन फिल्म 'प्रोजेक्ट के' को लागि हैदराबादमा सुटिङ गरिरहेको बेला भएको हो । बिग बी एक एक्सन सिन सुटिङ गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनाका क्रममा करङ र मांसपेशीमा गम्भीर चोट लागेको उनी आफैले जानकारी दिएका छन् । त्यसपछि हैदरावादको एआईजी अस्पतालमा उपचार गराएपछि उनी मुम्बईस्थित आफ्नो घर फर्किएका छन् । डाक्टरले डिस्चार्ज गरिसकेका छन् तर अभिनेतालाई अझै धेरै पीडा भइरहेको बताएका छन् ।

आफ्नो चोटबारे जानकारी दिँदै अमिताभ बच्चनले यो निकै पीडादायी भएको बताएका छन् । उनले आफूलाई हिड्न र सास फेर्न समस्या भइरहेको बताउदै सामान्य अवस्थामा आउन केही हप्ता लाग्ने उल्लेख गरेका छन् ।

अमिताभ बच्चनले स्थिति ठीक नभएसम्म सबै काम रोकिएको लेखेका छन् । चलचित्रको छायांकन पछिका लागि सारिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै