• २०८१ बैशाख १५ शनिबार

बंगलादेशको ढाकामा विष्फोट, १४ जनाको मृत्यु

kharibot

काठमाडौँ । बंगलादेशको ढाकामा मंगलबार विष्फोट भएको छ । जसमा १४ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार पुरानो ढाकाको सिद्दिक बजारमा अपराह्न विष्फोट भएको थियो । विस्फोटको कारण खुल्न सकेको छैन । केही रिपोर्टहरूमा, यसलाई सिलिन्डर विस्फोट भएको बताइएको छ ।

बंगलादेश समाचार वेबसाइटका अनुसार सिद्दिक बजारमा रहेको सात तले भवनमा विस्फोट भएको हो । दुई तला पूर्ण रुपमा ध्वस्त भएको छ । यस भवनमा घरको सरसफाईमा प्रयोग हुने सामानका पसलहरू थिए । केही केमिकलले आगो लागेको र पछि सिलिन्डर विस्फोट भएको अनुमान गरिएको छ । विष्फोटपछि फोहोर सडकमा फैलिएको थियो । सडकमा उभिएको बस पनि त्यसको चपेटामा परेको थियो ।

विष्फोट यति शक्तिशाली थियो कि सडकको छेउमा रहेको भवनमा रहेका धेरै कार्यालयका सिसा फुटेका छन् । सडकको अर्को छेउमा रहेको बैंकको कार्यालयमा कार्यरत अब्दुर रहमान नामका व्यक्तिले विष्फोटका कारण पूरै भवनका धेरै सिसा फुटेको बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकलका उपनिर्देशक दीन मोनीले बताए ।

ढाकामा मंगलबार भएको यो विष्फोट यो हप्ताको तेस्रो विस्फोट हो । यसअघि मार्च ५ मा विज्ञान प्रयोगशालामा विष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । 

त्यस्तै सोमबार ढाकाको अक्सिजन प्लान्टमा पनि विस्फोट भएको थियो, जसमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै