• २०८१ बैशाख २२ शनिबार

अनमोलको स्टारडमले चलेन छड्के-२, छक्का पञ्जाले पायो दर्शकको साथ

kharibot

काठमाडौँ । फागुन १९ गतेका रिलिज भएका दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ को बक्स अफिसको लडाईमा छक्का पञ्जा सिरिजले बाजी मारेको छ । 

एउटा छक्का पञ्जा ब्रान्डको फिल्म र अर्को अनमोल केसी स्टार पावर भएका अभिनेताको फिल्म भएकाले नेपाली दर्शकले कस्तो प्रतिक्रिया दिन्छन भन्ने सबैलाई चासो थियो । तर छक्का पञ्जा- ४ दर्शकको मन जितेपछि अब छड्के-२ भने हलबाट बाहिरिने क्रम शुरु भएको छ ।

रिलिजको पाँच दिनमा बक्स अफिसमा राम्रो गरिरहेका बेला छड्के- २ लाई भने हलबाट निकाल्न लागिएको छ । छड्के-२ लाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारदेखि हटाएको छ । छड्के-२ का प्रायः शो दर्शक अभावले संचालन नै हुनानक्सने अवस्था आएपछि क्यूएफएक्स चेनले फिल्म हटाएको बताएको छ ।

अनमोलको स्टारडमको भरमा छड्के-२ चलाउने प्रयास यसका निर्मातालाई महँगो परेको छ । फिल्मको प्रचारमा पनि अनमोलको प्रयोग खासै नगरिएको यस फिल्ममा उनलाई नकारात्मक भूमिकामा दर्शकले अस्वीकार गरेको फिल्म विश्लेषकहरुले टिप्पणी गरेका छन् । यस फिल्मलाई अनमोलको क्यारियरकै सबैभन्दा खराब फिल्मको सूचीमा राखिएको छ । साथै अनमोललाई पैसाको लोभमा कम्जोर स्क्रिप्ट भएको फिल्ममा काम गरेको समेत आरोप लगाइएको छ । यस फिल्मका लागि उनले ५० लाख लिएको चर्चा छ ।

त्यस्तै अर्को तर्फ छड्के-२ लाई दर्शकले अस्वीकार गर्दा छक्का पञ्जा- ४ को कमाई भने राम्रो हुदै गएको छ । फिल्मले शुरुका पाँच दिनमा ६ करोडभन्दा बढी कमाई गरेको अपुष्टरुपमा बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै