• २०८१ बैशाख २१ शुक्रबार

अटो दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु

kharibot

सप्तरी । सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरीको बिष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-८ बिसनपुर बस्ने मो.दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनकोको मृत्यु भएको हो ।

टेम्पुमा सवार सप्तरीको बिष्णुपुर गाउँपालिका-६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका-३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै