• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाईदै

kharibot

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ ।

राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट अर्थात फागुन २६ गते मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै