• २०८१ बैशाख २३ आइतबार

दर्शकको मन जित्न असफल भए- अनमोल केसी

kharibot

काठमाडौँ । आफु अभिनित फिल्म छड्के-२ नेपाली बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले दर्शकको मन जित्न असफल भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार प्रतिक्रिया दिदै अनमोल केसीले छड्के-२ मा अभिनय गर्ने ठुलो निर्णय गरे पनि दर्शकको मन जित्न असफल भएको बताएका हुन् ।

अनमोलले छड्के-२ आफ्नो क्यारियरको नवौं फिल्म भएको बताउदै आफु दर्शकको विश्वास जित्ने गरि फेरी पर्दामा आउने बताएका छन् । उनले भनेका छन्- ' मेरी फिल्मी क्यारियरमा छड्के-२ नवौं फिल्म हो । नवौंसम्म आइपुग्दा म झनै परिपक्क हुनुपर्थ्यो, यहाँनेर म चुक्न पुगे ।'

साथै दर्शकको मन जित्न सफल भएको छक्का पञ्जा-४ लाई अनमोलले बधाई तथा शुभकामना दिएका छन् ।

गत फागुन १९ गते छक्का पञ्जा-४ सँग सँगै प्रदर्शनमा आएको छड्के-२ लाई दर्शकले मन नपराएपछि अहिले अधिकांश मल्टिप्लेक्स चेनले फिल्म हटाएका छन् । नेपाली फिल्ममा चकलेटी हिरोको छबी बनाएका अनमोल पहिलो पटक नकारात्मक भूमिकामा यस फिल्ममा आएका थिए, जसलाई दर्शकले अस्वीकार गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै