• २०८१ बैशाख १६ आइतबार

विराट कोहलीले बनाए ७५औं शतक

kharibot

काठमाडौँ  भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियाविरुद्धको जारी चौथो टेस्टमा शतक प्रहार गरेका छन् ।

खेलको चौथो दिन कोहलीले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ७५औं शतक बनाएका हुन् ।

साथै विराटको टेस्ट क्रिकेटमा यो २८औं शतक हो । उनले एकदिवसीय खेलमा ४६ शतक बनाएका छन् भने टी-२० मा एक शतक बनाएका छन् ।

टेस्ट क्रिकेटमा विराटले तीन बर्षपछि शतक बनाएका हुन् । विराटले टेस्ट क्रिकेटमा पछिल्लो पटक २०१९ मा बंगालदेशका विरुद्ध शतक बनाएका थिए ।

जारी टेस्टमा पहिलो पारीमा अस्ट्रेलियाले ४८० रन बनाएको थियो भने भारतले यो समाचार तयार गरुन्जेल ५ विकेट गुमाएर ४१९ रन बनाएको छ । भारत पहिलो इनिङमा अस्ट्रेलियाभन्दा अझै ६१ रनले पछाडी रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै