• २०८१ बैशाख २६ बुधबार

न्यूजिल्याण्डको कर्माडेक टापुमा ७.१ रेक्टरको भूकम्प

kharibot

काठमाडौँ । न्यूजिल्याण्डको कर्माडेक टापुमा बिहीबार बिहान भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार रिक्टर स्केलमा यसको तीव्रता ७.१ थियो । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर भित्र रहेको थियो । तर, भूकम्प मापन केन्द्र (एनसीएस) ले ६ दशमलव ८ म्याग्निच्युड रहेको र भूकम्पको केन्द्र जमिनबाट ४१ किलोमिटर तल रहेको जनाएको छ ।

भूकम्पपछि युएसजीएसले न्यूजिल्याण्डमा सुनामीको चेतावनी जारी गरेको थियो । तर, न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । अहिले कुनै क्षतिको खबर छैन ।

गत फेब्रुअरी १५ मा न्युजिल्याण्डमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राजधानी वेलिङ्टनलगायत अकल्याण्ड र क्राइस्टचर्च सहरका मानिसहरूले करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेका थिए । यसको केन्द्रबिन्दु पारापराउमु सहरबाट ५० किलोमिटर टाढा थियो ।

दुई टेक्टोनिक प्लेटको जंक्शन नजिकै रहेको न्युजिल्यान्डमा भूकम्प बारम्बार आउँने गर्दछ ।

न्युजिल्याण्ड बाहेक पपुवा न्युगिनी, ताइवान, भानुआटु र अन्य प्रशान्त टापुहरूमा सधैं भूकम्प जाने सम्भावना रहन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै