• २०८१ बैशाख १५ शनिबार

टियु मैदानमा तत्काल फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् ।

शुक्रबार प्रचण्डले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका हुन् ।

साथै प्रधानमन्त्री प्रचण्डले मुलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने बताएका छन् ।

साथै सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ  पुरस्कार दिने भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युएईमाथि डिएल मेथड अनुसार ९ रनले जित हासिल गर्दै सोझै विश्वकप छनोटमा पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय