• २०८१ बैशाख ७ शुक्रबार

मनाङको अपराजित यात्रा कायमै, एपीएफलाई हरायो

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफलाई पराजित गरेको छ ।

शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मनाङले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको छ । मनाङको जितमा खेलको ५२औं मिनेटमा कमल थापा र खेलको ७२औं मिनेटमा सायीदजामोल डाभलाटजोनोभले गोल गरेका थिए । त्यस्तै एपीएफका लागि एक गोल खेलको ३५औँ मिनेटमा अर्मान्ड बीडोउमले गरेका थिए ।

जारी लिगमा अपराजित रहेको मनाङ मर्स्याङ्दी क्लबको यो तेस्रो जित हो । यो जितपछि मनाङको ३ जित र २ बराबरीसहित ११ अंक भएको छ ।

त्यस्तै एपीएफको भने यो दोस्रो हार हो । यो खेलपछि एपीएफको ५ खेलमा २ जित, एक बराबरी र २ हारसहित ७ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै