• २०८१ बैशाख १७ सोमबार

वारि पारी गर्न फेरीकै भर !

kharibot

तस्बीर: रासस

काठमाडौँ । संखुवासभाको खाँडबारी नपा  र भोजपुर जिल्लाको षडानन्द नपाको सिमाना भएर बग्ने अरूण नदीमा गाडी फेरीमार्फत नदी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

अरुण नदीमा २०६७ सालमा थालिएको पुल निर्माण अलपत्र बनेपछि भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाले अरुण नदीमा फेरीबात आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

यो फेरी षडानन्द नगरपालिका र प्रदेश तथा संघीय सरकारको सहयोगमा एक करोड ३ लाखको लागतमा निर्माण गरिएको फेरी संचालनमा रहेको छ ।

यस फेरीमा एकै पटकमा चार वटासम्म सवारी साधन तार्न सकिन्छ । फेरीले औसतमा दैनिक ५० जति ठुला साना सवारी साधन तार्ने गरेको छ । यो फेरी बर्षमा सात महिना चल्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै