• २०८१ बैशाख १६ आइतबार

लुम्बिनीका ६ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही एक एक लाख नगदसहित सम्मान गर्ने

kharibot

बुटवल । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लुम्बिनी प्रदेशका खेलाडीहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

सोमबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुर्‍याउन योगदान गरेका लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट आईसीसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रूपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका ५ जना खेलाडीहरुलाई पनि प्रतिखेलाडी जनही पचास हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

हालै यूएईमा सम्पन्न यू–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई जनही ५० हजार नगदसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै