• २०८१ बैशाख १६ आइतबार

सट्टेबाजी गराउने ६ जना पक्राउ

kharibot

काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई सोमबार लोकन्थली, पेप्सीकोला, वानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–६, खलंगा घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २३ वर्षीय दिलीपसिंह कठायत, सोही नगरपालिकाको वडा नं १० गैरीगाँउ घर भइ लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, वडा नं ५ तलिवाडा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी रहेका छन् । 

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–५, घर भइ काठमाडौं–३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं–३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे, काभ्रेपलाञ्चोकको मादनकुडारी गाउँपालिका–१ घर भइ बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ रहेका छन् । 

केही महिनादेखि वान एक्स विटमार्फत सट्टेबाजी गराउने एजेन्टका रुपमा कार्यगर्दै आइरहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै