काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा कब्जा गरेको छ ।
बुधबार सम्पन्न तेस्रो खेलमा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले एकदिवसीय सिरिज २-१ ले जितेको हो ।
यस खेलमा अस्ट्रेलियाले दिएको २७० रनको लक्ष्य पछाएको भारतले ४९.१ ओभरमा अलआउट हुदै २४८ रन मात्र बनाएपछि २१ रनले खेल हारेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा २६९ रन बनाएको थियो ।
एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले ५ विकेटले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले १० विकेटले जितेको थियो ।
योसँगै अस्ट्रेलियाले भारत टूरको सिरिज जितेर अन्त्य गरेको छ ।