• २०८१ बैशाख १४ शुक्रबार

पेनाल्टी सुटआउटमा फ्रेन्ड्सलाई हराउदै मनाङ तिलोत्तमा गोल्डकपको फाइनलमा

kharibot

बुटवल । मनाङ मर्स्याङ्दी क्लब तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेको छ । विहिबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजति गर्दै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा फ्रेन्ड्स क्लबले दुई गोल मिस गरेपछि मनाङको जित सुनिश्चित भएको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

अब तिलोत्तमा गोल्डकपको फाइनल सुदुरपश्चिम-११ र मनाङ मर्स्याङ्दी क्लबबीच शनिबार हुने छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै