• २०८१ बैशाख १८ मंगलबार

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

kharibot

बारा।  तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । 

शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहिबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरि शुक्रबार विहान बाँकी खेल गर्ने निर्णय लिएका थिए । 

५८ औं मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औं मिनटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । 

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलीस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ ।

शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ । 

खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै